हेटौँडामा एक प्रहरीसहित ३ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरको हेटौँडामा कार्यरत एक प्रहरीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा दुइजना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौडा उपमहानगरपालिका जन स्वास्थ्य निरीक्षक भोला चौलागाँईका अनुसार हेटौँडा–१७ हटियामा कार्यरत एक जना पुरुष प्रहरी, हेटौंडा–६ हात्तिलेटका ५१ वर्षिय पुरुष र मकवानपुरगढी गाउँपालिका–३ की जितपुर सिमरा उपनगरपालिकामा कार्यरत २६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनीहरुलाई हेटौंडा–४ कर्रामा रहेको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको चौँलागाईले बताए ।