अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ । ३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको हो ।
आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एक जना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएपछि अख्तियारमा सिल गरिएको हो।
अख्तियार कार्यालय सिल गरिएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरु पनि कार्यालय गएका छैनन्।
यसअघि अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो।
यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ।
महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो।










