मामाघरलाई पिङ सहयोग
मकवानपुर । सडक बालबालिकाको ब्यबस्थापनमा क्रियाशिल मामाघर नेपाललाई अधिवक्ता मदन दाहाल र श्रीमती सरिता भन्डरी (दाहाल)ले पिङ सहयोग गरेका छन् । दाहालले हेटौंडा–११ मा रहेको मामाघर नेपाललाई ५० हजार बराबरको पिङ सहयोग गरेका हुन् ।
मामाघर नेपालको सल्लाहकारसमेत रहेका दाहालले छोरा सुप्रीम दाहालको १६ औं जन्मोत्सवको अवसरमा पिङ गरेको मामाघर नेपाल मकवानपुरले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला युवा समिती मकवानपुरका निवर्तमान अध्यक्ष सन्तोष चौँलागाइ, समजसेवीहरु नरेन्द्र भण्डारी, तिर्थ क्षेत्री, राजकुमार नहर्की लगायतकाको उपस्थिति रहेको थियो।










