साउन ३२ सम्म मकवानपुर आउन–जान निषेध

हेटौडा न्युज
२३ श्रावण २०७७, शुक्रबार १४:३१
;

मकवानपुर । पछिल्लो दिन मकवानपुर जिल्लासँग जोडिएका बारा, पर्सा, रौतहट जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि मकवानपुर जिल्लालाई पनि चुनौति थपिएको छ । पूर्वपश्चिम राजमार्ग समेत मकवानपुर भएरै जाने गरेकाले पनि आवतजावत नियमित नैहुने गरेको छ ।

यसैकुरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य जिल्लाबाट मकवानपुर प्रवेशमा आजबाट रोक लगाएको छ ।

प्रशासन कार्यालयमा शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र बाहिरी जिल्लाबाट मकवानपुरमा प्रवेशमा रोक लगाएको छ ।

निर्णय

आजको बैठकले आगामी साउन ३२ गतेसम्म जिल्लाभित्र रहेका उद्योगमा श्रमिक कामदार ल्याउन पनि रोक लगाएको छ ।

केही दिनदेखि हेटौंडा बजारमा व्यवसायिक कारोबार र बैकिङ कारोबार गर्न निशेधित जिल्लाहरु बारा, पर्सा, रौतहटका मानिसहरु दैनिक आउने जाने गर्दा मकवानपुरमा समेत जोखिम बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*