एक प्रहरीसहित मकवानपुरमा थप ६ जनामा कोरोना
मकवानपुर । मकवानपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । एक प्रहरीसहित मकवानपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका १ जना र एक प्रहरी गरी ६ जनामा कोरोना संक्रमण देखिएको हेटौंडा–४ कर्रा आइसोलेशनका इन्चार्ज भोला चौलागाईका जानकारी दिएका छन् ।
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।
चौलागाईका अनुसार संक्रमण हुनेहरुमा हेटौँडा–५, हेटौँडा–६, हेटौँडा–८ र हेटौँडा–९, नेपाल प्रहरीमा कार्यरत एक प्रहरी र भीमफेदी गाउँपालिका–४ का एक व्यक्ति रहेका छन् ।
उनीहरुलाई कोरोना आइसोलेसन वार्ड ल्याउने तयारी भैरहेको जनाइएको छ ।










