नेपालमा कोरोनाबाट ७० जनाको मृत्यु

हेटौडा न्युज
२३ श्रावण २०७७, शुक्रबार १७:१२
;

मकवानपुर । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यससंगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाका कारण नेपालमा हालसम्म ७० जनाको मृत्यु भएको र पछिल्लो २४ घण्टामा मात्र ५ जनाको मृत्यु भएको बताएका हुन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेमा पर्साका तीन जना, सर्लाही र सिरहाका एक–एक जना रहेका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यो संगै कोरोनामुक्त भई घर फर्कनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*