बलात्कारको अभियोगमा वडाध्यक्ष जेल चलान

सुर्खेत । १६ वर्षीया किशोरी बलात्कारको अभियोगमा वडाध्यक्ष जेल चलान गरीएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाहीलाई १६ वर्षीया किशोरी बलात्कारको अभियोगमा पूर्पक्षका लागि जेल चलान गरीएको हो ।
बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालीकोटले कारागार चलान गर्ने आदेश दिएको हो ।
जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको कालीकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।
वडाध्यक्ष शाहीले ती किशोरीलाई धेरै पटक यौन शोषण गरेको ती प्रहरी अधिकारीको भनाई छ ।
वडाध्यक्ष शाहीले किशोरीलाई विभिन्न बाहनामा धम्काएर बलात्कार तथा यौनहिंसा गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।