थप एक कोरोना संक्रमितको मृत्यु
पोखरा। पोखरामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–१९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना संक्रमित उनलाई आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा शनिबार मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए ।
यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।