प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार ११:१०
;

नेपालगन्ज । प्रदेश ५ की सांसद कृष्णा केसीले आफु कोरोना भाईरस संक्रमित भएको जनाएकी छिन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जनाएकी हुन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।

रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल पुगेकी थिइन् ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि केसीको भेरी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*