दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार १२:१६
;

काठमाडौं । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईकल चालक भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको मोटरसाइकल र बा १९ च ३३८४ नम्बरको गाडी गएराति ठोक्किएर घाईते भएका श्रेष्ठलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएको थियो ।  उपचारकै क्रममा उनलाई मृत घोषणा गरेका हुन् ।

गाडी चालक रामेछापको सुनापती गाउँपालिका–७ खनियापानी घर भई हाल काठमाडौंको शंखमुल बस्ने २१ वर्षीय नारायण बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*