९ प्रहरीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, जिल्ला प्रहरी कार्यालयका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाईएको छ ।