चीनमा नयाँ भाइरस, ७ जनाको मृत्यु
काठमाडौं । चिनियाँ चिकित्सकहरूले कोरोनाबाहेकको अर्को एक भाइरस पनि देखिएको भन्दै चेतावनी दिएका छन् ।
किर्नोले टोकेर संक्रमण हुने तर मानवबाट मानवमा पनि यो सर्ने विज्ञहरूको कथन छ ।
एसएफटीएस नामको यस भाइरसले चीनको जियाङ्सु र आनहुई प्रान्तमा ६० जना जतिलाई संक्रमित गराइसकेको र तीमध्ये सातजनाको मृत्यु भएको बताइएको छ ।
यस रोगको मृत्युदर १६ देखि ३० प्रतिशतसम्म रहेको चाइना इन्फर्मेसन सिस्टम फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले जनाएको छ ।
यो रगत वा खकारबाट सर्ने उनको भनाइ छ ।







हेटौँडा अस्पतालबाट मेटियो ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ 

