मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार १३:४०
;

काठमाडौं । वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको पछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको कोरोना अस्तपाल गण्डकका डाक्टर जेपी जैसवालले जानकारी दिए।

उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक अस्पताल ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

अहिले युवतीको शव अस्पतालमै राखिएको छ ।
योसँगै वीरगन्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*