बोक्सी लागेको भन्दै १७ वर्षीय युवतीमाथि कुटपिट
काठमाडौं । पाल्पामा बोक्सी लागेको भन्दै १७ वर्षीय युवतीमाथि कुटपिट गरेका छन् ।
१७ वर्षीय युवती बेलाबेला बेहोस् हुने समस्या देखिएपछि उनलाई पौवामा झारफुकका लागि लगिएको थियो । आमा र काकासँग गएकी उनको शरीरमा बोक्सी लागेको र बोक्सी हटाउने भन्दै किशोरीलाई दुई जना धामीले कुटपीट गरेका थिए ।
किशोरी घाइते भएपछि धामीले उनका काकालाई पनि बोक्सी लगाइदिएको भन्दै कुटपीट गरेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए ।
कुटपिट गर्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१ घर भई नवलपरासी देउचुली नगरपालिका–४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाललाई पक्राउ गरेको छ ।
उनीहरुलाई अपमानजनक व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।










