चरेशसहित मकवानपुरका थापा मगर पक्राउ
काठमाडौं । एक किलो चरेससहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–७ घर भएका ४२ वर्षीय देवेन्द्र थापा मगर रहेका छन् । उनलाई चन्द्रागिरी नगरपालिका–५ दाउराडिपोबाट प्रहरीले पक्राउ गरेको हो ।
देवेन्द्रको कोठा खानतलासी गर्दा १ किलो १ सय ६० ग्राम चरेश फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
उनले धादिङबाट चरेश ल्याएर स–साना पाकेट बनाएर काठमाडौंमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनको कोठामा चरेश प्याकिङ गर्ने कागज र तराजु पनि फेला परेको छ ।
पक्राउ परेका उपर लागु औषध (नियन्त्रण) ऐन–०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










