स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गरिएकोमा चार जनाको रिर्पोट पोजेटिभ आएको हो ।
उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।