हेटौडा उपमहानगरका १५ सहित २३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार १६:४७
;

मकवानपुर । मकवानपुरमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडामा कार्यरत ४ जना प्रहरीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणमा ६ जना महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौडा उपमहानगरपालिका–२ को १ जना महिला,हेटौंडा–४ को ४ जना, हेटौंडा–५ को ४ जना ,हेटौंडा–६ को १ जना पुरुष, हेटौंडा–९ की एक महिला सहित ३ जना ,हेटौंडा–११ र १३ का एक–एक जना पुरुष, मकवानपुरगढी गाउँपालिका–३ का १ जना पुरुष, नेपाल प्रहरीमा कार्यरत ४ जना प्रहरी, बकैया गाउँपालिकाकी एक महिला, भीमफेदी गाउँपालिकाका एक जना पुरुष र विराटनगर ठेगाना भएका एक जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको जनाइएको छ । संक्रमितलाई अहिले नै कर्रास्थित आईसोलेसन वार्डमा ल्याउने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*