काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
२४ घन्टामा मुलुकभर ३ सय ८० संक्रमित थपिए भने ४० जना डिस्चार्ज भएका छन् ।