मकवानपु्रमा ५ सय ३१ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता

मकवानपुर । जिल्ला अदालत मकवानपु्रमा गत आर्थिक वर्ष ०७६÷०७७ मा ५ सय ३१ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएका छन् । सो आर्थिक वर्षमा दर्ता भएको ५ सय ३१ मुद्दामध्ये ३ सय वटा मुद्दाको किनारा लगाईसकेको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
दर्ता भएका अधिकांश मुद्दा महिला सम्बन्धि रहेको अदालतले जनाएको छ । सो आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये ६० प्रतिशत मुद्दा महिला सम्बन्धि रहेको छ ।
वैदेशिक रोजगारका लागि विदेश गएका विवाहित पुरुषले घरखर्चको लागि पठाइएको रकमको हिसाब बुझाउन नुसक्दा ६० प्रतिशत मुद्दा महिलाकै कारणबाट सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ ।
त्यस्तै, विवाहित पुरुषले आफ्नो श्रीमती परपुरुषसँग हेलमेल गरी आर्थिक आर्जन गरियो भनि आरोप लगाउँदा ४० प्रतिशत सम्बन्ध विच्छेदको शिकार हुनु पुगेको जनाइएको छ ।
यसैगरी, जिल्ला अदालतमा अघिल्लो आव २०७४/०७५ मा जम्मा ५ सय १२ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामध्ये अदालतले ३ सय ३३ वटा मुद्दा फछ्र्यौट गरेको थियो ।