९५ जनाको कोरोना परिक्षण गरिदैँ, ४८ को रिपोर्ट आउन बाँकी
मकवानपुर । मकवानपुरमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएपछि स्वाब संकलनको दायरा बढाइएको छ । आईतबार मकवानपुरमा एकैदिन २३ जनामा कोरोना पुष्टि भएपछि स्वाब संकलनको दायरा बढाईएको हो ।
यससँगै सोमबार ९५ जनाको स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार संकलित ४६ र शनिबार संकलित २ जना गरि ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
कर्रास्थित आइसोलेसनमा अहिले ३६ जनाले सेवा लिइरहेका छन् । त्यस्तै ३ जना कोरोना संक्रमितलाई आईसोलेसन ल्याउने काम भइरहेको चौलागाईले बताए ।