हेटौंडाको चौकीटोलमा युवाहरुबीच झडप, ५ जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलमा दुई समूहबीच झडप भएको छ । झडपमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादले उग्र रुप लिएपछि दुई समुह वीच झडप भएको जनाईएको छ । झडपमा केहि युवाहरु घाईते समेत भएको बताईएको छ ।
पक्राउ गरिएका उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।










