पर्सामा थप एक जनाको कोरोनाबाट मृत्यु 

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार ११:५९
;

वीरगञ्ज ।  नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एक महिलामा कोरोना पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।ती महिलाको शनिबार राति मृत्यु भएको थियो ।
मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।साउनयता पर्सामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*