कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको सेवा बन्द
काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
कर्मचारीमा कोरोना पोजेटिभ देखिएपटि इमर्जेन्सी बाहेकका सेवा बन्द गरिएको र उनको सम्पर्कमा आएका व्यक्तिहरुका खोजी कार्य भईरहेको विभागका महानिर्देशक रमेशकुमार केसीले बताए ।
उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।










