बाढीले ११ घर र ३ वटा पुल बगायो, एक महिला बेपत्ता

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १२:२६
;

बाजुरा । अविरल वर्षाका कारण आएको बाढीले बाजुराको ११ वटा घर र ३ वटा पुल बगाएको छ । त्यस्तै बाढीमा परी १ जना महिला बेपत्ता भएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

बाढीले बडीमालिका नगरपालिका–२ मा ११ घर बगाएको हो । एक जना महिला घरबाट निस्केको र उनलाई बाढीले बगाएको भन्ने प्रारम्भिक जानकारी आएकाले उनको खोजी भइरहेको उनले जानकारी दिए ।

क्षतिको पूर्ण विवरण भने आइनसकेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*