बागमती प्रहरी हेटौंडाको दुई प्रहरी हवल्दारलाई पुरस्कार

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १२:३४
;

काठमाडौँ । घुस नखाने दुई प्रहरी हवल्दारलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दार हुन् ।

ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय समेतले हालसम्म २३ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिसकेको डीआईजी वसन्त लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*