मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १३:१६
;

वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा अन्दाजी ३२÷३३ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत पचरौता नगरपालिका–८ स्थित जोरा खोलाको पुलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।

घटनास्थलमा ना ३४ प ३४०० नम्बरको स्पलेन्डर मोटरसइकल क्षति ग्रस्त अवस्थामा भेटिएकाले मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि कलैया लगिएको छ ।

यातायत कार्यालयबाट मोटरसाइकलको विवरण मगाएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*