खानेपानी संस्थानका प्रमुख इन्जिनियर घुससहित पक्राउ

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १३:२९
;

रुपन्देही । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख इन्जिनियर साहलाई दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको आठ लाख २२ हजार रुपैयाँको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाण्डाै आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको आयोगले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*