६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १४:३३
;

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कलंकीका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

ती पुरुषमा गत साउन १९ गते नमुना संकलन गरे साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*