करेन्ट लागेर ६० वर्षीय पुरुषको मृत्यु
काठमाडौं। करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बाराको कलैया –७ बरेवा टोलका ६० वर्षीय राजाराम मालिको करेन्ट लागेर मृत्यु भएको हो ।
सोही क्षेत्रका रवीन्द्र सिहंको छत ढलान गर्ने क्रममा बिजुलीको अचानक तार छुन पुग्दा हिजो करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई नर्सिङ् होम बारामा लगिएको थियो ।
सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।










