मकवानपुरमा निषेधाज्ञा जारी, के के बन्द हुन्छ हेर्नुहोस ?

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक विज्ञप्ति जारी गर्दै हेटौँडा उपमहानगरपालिका भित्र र मनहरी गाउँपालिका अन्तर्गत पर्ने पुर्व पश्चिम राजमार्गको दायाँ र बायाँ ५ सय मिटरको दुरीमा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज राति १२ बजे देखि ३२ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
विज्ञप्तिमा ग्यास डिपो, पेट्रोल पम्प लगायतका अत्यावश्यक सामान विक्री वितरण गर्ने पसल खुल्ने तर खाद्यान्न पसल भने विहान ५ बजेदेखि ९ बजेसम्म खोल्न दिने र एम्बुलेन्स,दुध बोक्ने गाडी, संचारकर्मीका सवारी र पास भएका सवारी चल्न पाउने उल्लेख गरिएको छ ।
हेर्नुहोस विज्ञप्ती