सुटकेसमा फेला परेको शवको सनाखत
काठमाडौं । काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेसमा फेला परेको शवको सनाखत भएको छ ।
सो शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।
सुटकेशमा भेटिएको शवको सनाखत नभएपछि प्रहरीले सोमबार उनको तस्बिर सार्वजनिक भएको थियो । तस्बिर सार्वजनिक भएपछि मृतकको सनाखत भएको हो ।
अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ ।










