हतियार बिक्रीका लागि जनकपुरधाम आएका यादव पक्राउ

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १७:३३
;

जनकपुरधाम । अवैध हतियार बिक्रीका लागि आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

हतियार बिक्री गर्न जनकपुरधाम आएका भारतीय सीमावर्ती क्षेत्र धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका–३ बस्ने २१ वर्षीय सुजित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

ज.१ ह. ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले ४.५ लेखिएको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागेजिनसहित पक्राउ गरेको हो ।

उनलाई धनुषा प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*