भिमफेदीमा एक पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको भिमफेदीमा एक जना मृत अवस्थामा भेटिएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका–८ मा रहेको माण्डु हाइड्रोपावरमा एक जना पुरुषको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार भीमफेदी गाउँपालिका–८ मा रहेको हाइड्रोपावरमा विहान एक पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा फोहर सफा गर्ने क्रममा बागमती खोलाले बगाई ल्याएको अवस्थामा पुरुषको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
घटनास्थल तर्फ जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी र इलाका प्रहरी कार्यालय सीस्नेरीबाट प्रहरीको टोली जाँदै गरेको जनाइएको छ ।
घटनाको विषयमा थप विवरण आउँन बाँकी रहेको छ ।










