हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा विश्वकर्माको मृत्यु

मकवानपुर । हेटौंडामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा गएराती मोटरसाईकल दुर्घटना हुँदा हेटौडा–११ नवलपुर बस्ने १८ बर्षीय बिश्वकर्मा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार भिमफेदि–९ नामटार घरभई हाल हेटौडा ११ थानाभर्याङ बस्ने बर्ष २४ को सुनिल सुनार सामान्य घाइते भएका छन् ।
हेटौडा बाट चितवान तर्फ जादै बा ९७ प ५४१३ नम्बरको मोटरसाइकल रोकिराखेको ना ५ ख ५६७९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका विश्वकर्माका उपचारको क्रममा चुरेहिल अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।