दुई डाक्टरसहित थप ७० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार ११:२२
;

पर्सा । दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशाला गरिएको

परिक्षणमा पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा २२ महिला र अन्य पुरुष रहेका छन् । संक्रमित ३ वर्षदेखि ७६ वर्षसम्मका छन् ।

संक्रमित हुनेहरुमा दुई डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*