घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार ११:३२
;

डोटी । डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा लोगे लुहारको घर सोमबार राति भत्किएको हो ।

मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । ढुंगाले छाएको जीर्ण घर भएकाले भत्किएको उनले बताए ।

घाइतेहरूलाई प्रहरी तथा स्थानीयले उद्धार गरी उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल पठाइएको छ । चार जना गम्भीर घाइते छन् ।

भत्किएको घरमा दुई गोरु, एक गाई र दुई बाख्रासमेत च्यापिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*