कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

२७ श्रावण २०७७, मंगलवार ११:५२

जनकपुर । कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान धनुषामा ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो ।
क्षयरोगको उपचार भइरहेको उनको स्वाब ८ दिनअघि परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।