हेटौंडामा १ सय २९ जनाको स्वाब संकलन

मकवानपुर । हेटौंडाको आइसोलेसन वार्डबाट १ सय २९ जनाको कोरोना परिक्षण गर्न स्वाबको नमूना संकलन गरिएको छ ।
हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाई अनुसार आज मंगलबार कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी १ सय २९ जनाको स्वाब संकलन गरिएको हो ।
उनका अनुसार उपत्यका जान चाहने र विभिन्न कार्यालयका कर्मचारीहरुको पनि पिसिआर परिक्षण गरिएको कारण नमूना संकलन बढी भएको हो । संकलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालामा पठाईएको छ ।