कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १३:४६
;

बाँके । कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले जन्मएकी छोराको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।

बच्चा बचाउन नसकिए पनि हाल आमाको अवस्था भने सामान्य नै रहेको उपनिर्देशक श्रेष्ठले बताए ।

मृत्यु भएपछि बच्चाको पीसीआर जाँच गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*