२० किलो गाँजासहित दुई जना पक्राउ

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १३:५१
;

जनकपुरधाम । २० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर २ का ५० वर्षीय सुरेश पासवान र वडा नम्बर ८ का २८ वर्षीय रवीन्द्र लामा रहेका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका– १० स्थित चन्द्रपुरबाट उनीहरुलाई सोमबार सो परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*