रौतहटमा ३ जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १५:४८
;

रौतहट । रौतहटमा ३ जना स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गरुडा नगरपालिकाका ३ जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए ।

हालसम्म रौतहटमा १ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेका छन् । त्यस मध्ये १ हजार ३ सय २८ जना निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*