मोटरसाईकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

दाङ । मोटरसाइकल दूर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं.१० झारबैरा निवासी १८ वर्षीय विमल डाँगीको मृत्यु भएको हो ।
डाँगी आफैले चलाएको रा ४ प २५५१ नम्वरको मोटरसाईकल घर नजिकै अनियन्त्रित भइ दूर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।