नेपालमा थप ६ सय ३८ जनामा कोरोना पुष्टि
मकवानपुर । नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरीएको परीक्षमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सहित नेपालमा कोरोना संक्रमतिको संख्या २३ हजार ९४८ पुगेको छ।
नेपालमा १ सय ७१ जना कोरोना संक्रमण मुक्त भएको जनाइएको छ । यससंगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ जना पुगेको छ ।










