हेटौंडामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १९:५०
;

मकवानपुर । हेटौंडामा थप १३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाका विभिन्न वडाका १३  जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा स्थित आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडामा रहेको किट जन्य रोग अनुसन्धान तालिमकेन्द्रको प्रयोगशालामा परिक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमित हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का २ जना, हेटौंडा १० का ४ जना, हेटौंडा १३ का २ जना र हेटौंडा १ को १ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*