घुसलिने ६ जना प्रहरी पक्राऊ, प्रदेश प्रहरी हेटौंडामा छानबिन हुँदै

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार २०:०३
;

मकवानपुर । विभिन्न बहानामा आर्थिक लेनदेनमा रहेको आरोपमा आज ६ जना प्रहरीहरुलाई निलम्बन गरेको जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

नियन्त्रणमा रहेका प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेका १ जना रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार राजकुमार श्रेष्ठ, डोर बहादुर कार्की, प्रहरी जवान कुमारबाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र काभ्रेको ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नबिनबहादुर थापालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको जनाएको छ ।

केही दिन अघि सेवाग्राहीसंग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित ११ जना प्रहरी कर्मचारीलाई गरिएको छ भने, ईमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरीहरुलाई प्रदेश प्रहरी कार्यालय हेटौंडाले पुरस्कृत गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले केही समय यता आन्तरिक शुद्धिकरण अभियान सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*