हेटौडा अस्पतालका डाक्टरमा कोरोना संक्रमण
मकवानपुर । आज मकवानपुरमा संक्रमित १३ जना मध्ये १ जना हेटौंडा अस्पतालमा कार्यररत डाक्टर रहेका छन् ।
अस्पतालले सञ्चालन गरेको ज्वरो क्लिनिकमा कार्यररत महिला डाक्टरलाई कोरोना संक्रमण भएको बताईएको छ ।
आज मात्रै हेटौंडा वडा नम्बर ५ का ४ जना, हेटौंडा वडा नम्बर ४ का २ जना, हेटौंडा वडा नम्बर १० का ४ जना, हेटौंडा वडा नम्बर १३ का २ जना र हेटौंडा वडा नम्बर १ का १ जना रहेका छन् ।










