कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार ११:३०
;

विराटनगर । कोरोना संक्रमणबाट मोरङका थप एक पुरुषको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले २६ साउनमा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बुधबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*