बस दुर्घटनामा तीन जनाको मृत्यु, ३४ जना घाईते

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १२:३७
;

डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधवार बिहान पूर्वीचौकी गाउँपालिका–१ खिरसैन, तल्लो फुलोटमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि मंगलसैन नगरपालिका–७ अछामकी ५५ वर्षीया धनी शाही, बान्नीगढी जयगढ गाउँपालिका–३ का ६० वर्षीय पदम साउँद र चौरपाटी गाउँपालिका–४ घर भई बसका सहचालक टिकाराम बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

दुर्घटनामा परी कैलाली जिल्ला, गोदावरी नगरपालिका–२ अत्तरिया घर भएका बसका चालक हेमबहादुर खत्रीसहित ३४ जना घाइते भएका छन् । घाइतेहरुको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुमध्ये १२ जना गम्भीर भएको र उनीहरुमध्ये सात जनालाई अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको अस्पतालका चिकित्सक डा प्रमोद भट्टले जानकारी दिए ।

भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गईरहेको ना६ख २५२९ नं.को बस बुधबार बिहान तल्लो फुलोट भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

चालक प्रहरी नियन्त्रणमा रहेको र घटनावारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*