प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासका थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि प्रचण्डको बाहिरी सुरुक्षामा खटिने ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यहरु अहिले होम क्वारेन्टिनमा छन् ।










