अर्का एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । आईसीयूमा उपचाररत अर्का एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
२६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण थियो । उनी दम तथा मुटु रोगी थिए ।